|

काठमाडौं : रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका–४ मा गएराति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहटको गढीमाई नगरपालिका–८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको  हो। ना ६२ प ३३ ९९ नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे अनियन्त्रित भइ दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.