|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरु कोरोना संक्रमित भएका छन्। 

हाल मन्त्रालयका सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा.संगिता कौशल मिश्रा, सह-प्रवक्ता डा.समीरकुमार अधिकारी संक्रमित भएर आइसोलेशनमा बसेका छन्। 

केही दिनअघि स्वास्थ्य मन्त्री विरोध खतिवडासँग प्रदेश अनुगमनमा गएकी प्रवक्ता मिश्रा संक्रमित भएकी हुन् ।​आपत्कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुखसमेत रहेका सह-प्रवक्ता अधिकारी पनि मंगलबार संक्रमित भएर होम आइसोलेसनमा छन्।

प्रवक्ता र सहप्रवक्ता दुवै संक्रमित भएपछि बुधबारको कोरोना सम्बन्धि नियमित मिडिया ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल उपस्थित भएका थिए। 

सचिव डा पोखरेललाई बुधबार काेराेना पुष्टि भएपछि उनी हाेम आइसाेलेशनमा छन्। 

कोरोनाको पहिलो र दोस्रो लहरमा मन्त्रालयका अधिकारीहरु कम संक्रमित भएकोमा तेस्रो लहरमा प्राय: मन्त्रालय भित्रका धेरै कर्मचारीहरु संक्रमित भएको बताइएको छ। 

तेस्रो लहर सुरु भएपछि संक्रमित भएका कतिपय निकाे भइसकेका छन् भने कतिपय हाल संक्रमित भएर आइसोलेशनमा रहेका छन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.