घाइतेको कालागाउँ अस्पतालमा उपचार हुँदै

|

सुर्खेत : कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दैलेखदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ख००१ नम्बरको बिहीबार दिउँसो  करिब एक बजेतिर बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहाताल–८ दमारेनजिक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ।

उनका अनुसार बसमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा विक नारायण नगरपालिका वर्ष ४१ का मीरा श्वर्णकार नारायण नगरपालिकाकै वर्ष २१ का एलिना पुलामी र डुङ्गेश्वर गाउँपालिकाका ४५ वर्षीया लक्ष्मी राना रहेका छन्।

बसमा सवार १३ जना रहेको थिए। बस मालिकले नै बस चलाएको हुनाले दुर्घटना हुनसक्ने अनुमान गरिएको छ।  घाइतेहरूको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.