५ हजार २ सय ९२ जना संक्रमणमुक्त

|

काठमाडौं : नेपालमा गत २४ घण्टामा ८ हजार कोरोना संक्रमित थपिएका छन् । 

२१ हजार ८ सय ८ नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो अवधिमा ५ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ पुगेको छ। 

जसमध्ये ८८ हजार ६ सय ४२ जना होम आइसोलेसनमा छन् भने १ हजार ९ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २ सय ५७ जनाको आइसियु र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.