|

काठमाडौं : पछिल्लो समय नेपालमा लागुऔषधसहित दैनिक ६ जना पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष (आ.व.) २०७८।७९ को मंसीरसम्म मात्र देशभरबाट २ हजार २४६ जना पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले आव ०७८।७९ को मंसीरसम्म विभिन्न लागुऔषध बरामद गरेको छ। प्रहरीले यो अवधिमा करिब २ हजार ९९८ केजी गाँजा बरामद गरेको छ।

यही आवको मंसीरसम्म ३१४ केजी चरेस, ३ केजी हेरोइन, ९ केजी अफिम र ४ केजी कोकिन बरामद गरेको तथ्यांकले देखाएको छ। २०७७।७८ मा ८ हजार २३४ गाँजा बरामद गरिएको छ। ५११ केजी चरेस रहेको छ भने ९ केजी हेरोइन रहेको छ। यस्तै २२६ केजी अफिम रहेको छ।

यस्तै २०७६।७७ मा ४ हजार ३६७ केजी गाँजा बरामद गरिएको छ भने ५१९ केजी चरेस, हेरोइन ७ केजी‚ अफिम ४४ केजी र कोकिन १५ केजी बरामद गरिएको छ। यस्तै २०७५।७६ मा १० हजार ३५९ केजी गाँजा, २ हजार ६५९ केजी चरेस, ११ केजी हेरोइन र ३४ केजी अफिम बरामद गरिएको छ।​

देशैभर लागुऔषधको कारोबार

लागुऔषधको कारोबार देशैभर देखिएको छ तर सबैभन्दा बढी गाँजा बरामद मधेस प्रदेशबाट १ हजार ४३७ केजी गाँजा बरामद गरिएको छ। बागमती प्रदेशबाट चरेस १५१ केजी बरामद गरिएको छ। यस्तै बागमती प्रदेशमै ७ केजी अफिम र ब्यूरोअन्तर्गत कोकिन ३ केजी बरामद भएको छ।

देशभर यो आर्थिक वर्षमा ट्याब्लेट ८९ हजार ८४१ थान बरामद गरेको छ। एम्पुल र कोरस करिब क्रमशः ७४ हजार ७३७ र ४ हजार ६८२ थान बरामद गरिएको छ भने अन्य ३ हजार ४६१ थान लागुऔषध बरामद गरिएको छ। प्रहरीले २ केजी पोल्याण्ड पनि बरामद गरेको छ।

चार वर्षको अवधिमा कति पक्राउ परे?

चालु आ.व.को मंसीरसम्म २ हजार २४६, आ.व. २०७७।७८ मा ४ हजार ६२६, आ.व. २०७६।७७ मा ४ हजार ५४६ र आ.व. २०७५।७६ मा ५ हजार ५५८ जना लागुऔषधसहित पक्राउ परेका छन्।

लागुऔषधसहित प्रहरीले पछिल्लो चार वर्षमा १६ हजार ९७६ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली, भारतीय र विदेशी नागरिक रहेका छन्। आ.व. २०७५\७६ देखि चालु आ.व.को मंसीरसम्म कुल १५ हजार ७०० नेपाली पुरुष लागुऔषधसहित पक्राउ परेको नेपाल प्रहरीको तथ्यांकमा छ।

यस्तै चार वर्षमा ७१६ जना महिला पक्राउ परेका छन्। लागुऔषधसहित भारतीय पुरुष र महिला गरी कुल ५१४ जना प्रहरी फन्दामा परेका छन्। यस कार्यमा अन्य देशका ४५ जना रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.