|

कञ्चनपुर : उच्च अदालत बार एसोसिएशन महेन्द्रनगरको नेतृत्व सर्वसम्मत रूपमा आज चयन गरिएको छ।

निर्वाचन अधिकृत एकराज भट्टका अनुसार अध्यक्ष पदमा यज्ञराज जोशी सर्वसम्मत रूपमा चयन भएका छन्।

उपाध्यक्ष पदमा जगबहादुर चौधरी, सचिव पदमा वीरबहादुर बिष्ट, सहसचिवमा त्रिपुरेश्वरी भट्ट र कोषाध्यक्ष पदमा कृष्णदत्त जोशी चयन भएका छन्।

यसैगरी सदस्य पदमा प्रेमबहादुर चन्द, रोशनलाल चौधरी, वामदेव जोशी र रेवती जोशी चयन भएका छन्।

निर्वाचनको निर्धारित कार्यक्रमअनुसार निर्धारित समयभित्र आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले सबै उम्मेदवारलाई निर्विरोध निर्वाचित घोषणा गरिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.