|
फाइल तस्वीर

दाङ : दाङको जनसंख्या ६ लाख ७६ हजार २ सय ७७ पुगेको छ।

तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लामा ३ लाख २१ हजार ९ सय १ जना पुरुष र ३ लाख ५४ हजार ३ सय ७६ जना महिला छन्। जिल्लामा लैंगिक अनुपात ९० दशमलव ८४ रहेको छ।

राष्ट्रिय जनगणना २०६८ मा जिल्लाको जनसंख्या ५ लाख ५२ हजार ५ सय ८३ थियो।

परिवारको औसत आकार ४ दशमलव ०८, जनघनत्व २ सय २९ रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ९४ प्रतिशत रहेको छ।

जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या घोराही उपमहानगरपालिका र न्यून बंगलाचुली गाउँपालिकामा छ।

घोराही उपमहानगरपालिकामा ९४ हजार ३ सय ८४ पुरुष र १ लाख ६ हजार ६ सय ९५ महिला गरी २ लाख १ हजार ७९ जनसंख्या रहेको छ।

घोराहीमा ४५ हजार २ सय ४० घर संख्या र ५१ हजार ६ सय १९ परिवार संख्या रहेका छन्।

बंगलाचुली गाउँपालिकामा १० हजार २ सय ७६ पुरुष र १२ हजार ६ सय १ महिला गरी २२ हजार ८ सय ७७ जनसंख्या रहेको छ।

बंगलाचुलीमा ४ हजार ९ सय ५१ घरसंख्या र ५ हजार १ सय ७३ परिवार संख्या रहेका छन्। 

राजपुर गाउँपालिकामा १४ हजार १ सय ७१ जना पुरुष र १४ हजार २ सय ३९ जना महिला गरी २८ हजार ४ सय १० जनसंख्या रहेको छ।

५ हजार ६ सय ३४ घर र ५ हजार ८ सय ९६ परिवार संख्या रहेको छ।

राप्ती गाउँपालिकामा २४ हजार ७ सय २० जना पुरुष र २७ हजार ४ सय ३८ जना महिला गरी ५२ हजार १ सय ५८ जनसंख्या रहेको छ।

गाउँपालिकामा १० हजार ९ सय ४० घरसंख्या र ११ हजार ८ सय ३७ परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ।  

शान्तिनगर गाउँपालिकामा १२ हजार ८ सय ७२ जना पुरुष र १४ हजार ७ सय ९४ जना महिला गरी २७ हजार ६ सय ६६ जनसंख्या रहेको छ।

६ हजार ७ सय ९२ घरसंख्या र ७ हजार १ सय ३७ परिवार संख्या रहेका छन्। 

यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ८५ हजार ७ सय १ जना पुरुष र ९५ हजार ३३ जना महिला गरी १ लाख ८० हजार ७ सय ३४ जनसंख्या रहेको छ।

तुलसीपुरमा ४१ हजार १२ घर संख्या र ४६ हजार ६ सय ९९ परिवार संख्या रहेको छ।

बबई गाउँपालिकामा १४ हजार ५ सय २७ जना पुरुष र १६ हजार ७ सय ९० जना महिला गरी ३१ हजार ३ सय १७ जनसंख्या रहेको छ।

७ हजार १ सय ७१ घरसंख्या र ७ हजार ५ सय ३८ परिवार संख्या रहेको छ।

दंगीशरण गाउँपालिकामा ११ हजार ४ सय ३६ जना पुरुष र १२ हजार २ सय ३६ महिला गरी २३ हजार ६ सय ७२ जनसंख्या रहेको छ।

५ हजार ५ सय ७९ घरसंख्या र ५ हजार ८ सय ९७ परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ।

गढवा गाउँपालिकामा २२ हजार ६ सय ५० जना पुरुष र २३ हजार ६ सय २५ जना महिला गरी ४६ हजार २ सय ७५ जनसंख्या रहेको छ।

९ हजार ४ सय ४८ घरसंख्या र १० हजार ८४ परिवार संख्या रहेको छ। 

लमही नगरपालिकामा २८ हजार २ सय ५७ पुरुष र ३० हजार ६ सय २७ महिला गरी ५८ हजार ८ सय ८४ जनसंख्या रहेको छ।

१२ हजार ४ सय ८२ घरसंख्या र १३ हजार ८ सय ६२ परिवार संख्या रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.