|

दैलेख : दैलेख प्रहरीले जबरजस्ती करणी कसुरमा दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा यहाँको दुल्लु नगरपालिका–१२ बस्ने २३ वर्षीय मनोज सुनार र जाजरकोटको जुनीचाँदे गाउँपालिका–९ बस्ने १८ वर्षीय रमेश खड्का रहेको प्रहरीले जनाएको छ।

सुनारले १९ वर्षीया किशोरीलाई माघ ११ गते जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरी ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।

यस्तै जाजरकोटका खड्काले १८ वर्षीया किशोरीलाई माघ १२ गते जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरी ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.