|

विराटनगर : एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिका-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली होटलमा ३५ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई  प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलिया चोकका होटल सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन्।

गत माघ ७ गते साँझ पीडित महिला इटहरीबाट बहिनीको घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट बहिनीको घर पुर्‍याइदिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगी सामूहिक बलात्कार गरेको खुल्न आएको छ।

गत माघ ८ गते शनिबार उक्त घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले  होटल सञ्चालक अर्जुनकुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।

घटनापछि फरार रहेका रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीलाई भने गत ११ गते इलाम सूर्योदय नगरपालिका-१२ तीनघरेबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थपेर अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.