|

काठमाडौं : अमेरिकाले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन परियोजना अवरुद्ध बनाइदिने चेतावनी दिएको छ। 

रुसले ‘नोर्ड स्ट्रिम टु’ पाइपलाइन रुसबाट जर्मनीसम्म ग्यास निर्यातका लागि निर्माण गर्न लागेको परियोजना हो। एक अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले रुसले युक्रेनमाथि आक्रमण गरे पाइपलाइन परियोजना अवरुद्ध गर्ने चेतावनी दिए। विदेश मन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न जर्मनीसँग मिलेर काम गर्ने पनि बताए। 

अमेरिकाले उक्त पाइपलाइनलाई सञ्चालन हुनै नदिने बताए पनि जर्मनीले यो परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने मात्र बताएको छ। 

संसद्मा बोल्दै जर्मन विदेश मन्त्री एनालेना बेअरबोकलेले नोर्ड स्ट्रिम टु सहित समेटिएका कडा प्रतिबन्धहरूका बारेमा पश्चिमा देशहरुले काम गरिरहेको बताए। तर उनले आफूले मस्कोसँग संवाद चाहेको पनि उल्लेख गरे। 

जर्मनीमा युरोपेली अधिकारीहरुले गरेको एक छलफलमा पनि रुसले युक्रेनमा आक्रमण गरे यो परियोजनामा अवरोध गर्ने बताएका थिए। अमेरिकाका युरोपेली सहयोगी देशहरुले रुसको अर्थव्यवस्थालाई निशाना बनाएर प्रतिकार गर्नेबारे तयारी थालेका हुन्। 

युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताइरहेको रुसविरुद्ध अमेरिका र उसका युरोपेली सहयोगी देशहरुले आक्रमणको प्रतिकारबारे तयारी थालिसकेका हुन्। युक्रेनको सीमामा दशौँ हजार रुसी सैनिक परिचालन गरेपछि रुसमाथि पश्चिमा देशहरुले आक्रमणको आशंका गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.