|

काठमाडौं : दुई वर्षअघि विवाह बन्धनमा बाँधिएको रंगकर्मी विजय बराल र प्रमिला खनालको जोडी पहिलो पटक एउटै म्युजिक भिडियोमा देखिएको छ। 

गोपाल लोहारको शब्द, सविन सुवेदीको स्वर तथा दीपक शर्माको संगीत रहेको 'तिम्रो याद आयो' बोलको गीतको भिडियोमा विजय र प्रमिला सँगै देखिएका हुन्। 

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियोमा धन कमाउन परदेशिएका श्रीमान् र श्रीमान्‌को प्रतीक्षामा रहेकी श्रीमतीको कथा देखाइएको छ। आफ्नो जहानको प्रेमले गर्दा परदेशबाट फर्किएको पात्रको भावना व्यक्त गर्दै गीत गाइएको छ। 

श्याम तामाङले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.