|

सुर्खेत : कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।

यही माघ २१ गते परेको स्थापना दिवसका अवसरमा विभिन्न खेलकुद गतिविधि आयोजना गरिएको छ। 

१७ गतेदेखि दिवसका कार्यक्रम लागू हुनेछन्। प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले माघ १७ गते प्रदेशसभा परिसर सरसफाइ गर्ने निर्णय गरेको छ।

यस्तै माघ १८ गते विभिन्न खेलकुद गतिविधि हुनेछन् भने युवासँग प्रदेशसभा अन्तरसंवाद कार्यक्रम गरिनेछ। माघ २० गते टुर कार्यक्रम आयोजना गरिनेछ। 
२० गते नै वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ।

‘म प्रदेश सभाको सदस्य भएँ भने’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुन प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए।

उनका अनुसार माघ २१ गते स्थापना दिवसको अवसरमा बिहान ११ बजे कार्यक्रम आयोजना गरी पुरस्कार वितरण, स्मारिका विमोचनलगायत कार्यक्रम गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.