|

दैलेख : दैलेख प्रहरीले अभद्र व्यवहार कसुरमा ६ जनालाई पक्राउ गरेको छ।

माघ १३ गते दुल्लु नगरपालिका–९ मा कार्यरत वडा सचिव रत्नाकुमारी गिरीसँगै सामाजिक परिचालक भगवती न्यौपानेलाई अभद्र व्यवहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार वडा कार्यालयमा कामकाज गरिरहेको अवस्थामा वडा सचिव र सामाजिक परिचालकलाई अभद्र व्यवहार गरी मोसो दल्न खोज्ने लगायतका काम गर्ने ६ जनालाई पक्राउ गरिएको बताए।

पक्राउ पर्नेमा दुल्लु नगरपालिका–९ बस्ने २५ वर्षीय नगेन्द्र भण्डारी सोही ठाउँ बस्ने २६ वर्षीय करीषकुमार भण्डारी, ५० वर्षीय कृष्ण भण्डारी, २५ वर्षीय ईश्वर भण्डारी, १९ वर्षीय हिमाल भण्डारी लगायत अन्य एकजना रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरूको थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट ५ दिन म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले फरार अभियुक्तहरूलाई पक्राउ पुर्जी जारी भई खोजी भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.