|

काठमाडौं : कोरोनाविरुद्ध भेरोसेल खोप लगाएका नेपालीलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड खोप दिइने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भेरोसेलको दुवै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेका हुन्।

कोरोनाविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने भएको छ।

मन्त्रालयले पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने निर्णय पनि गरेको छ।

विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो मात्रा कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.