|
फोटो : एन्फा

काठमाडौं : नेपालले आज अफ्रिकी देश मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै छ। दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिसस र नेपालको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

खेल शनिबार दिउँसो ४:४५ बजे सुरु हुनेछ। दुवै टिम सुखद् नजिताको लक्ष्य लिएर मैदान उत्रिने छन्। केही सातादेखि तयारी गरिरहेको नेपालले अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने लक्ष्य लिएको छ।

खेलको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन्।

पत्रकार सम्मेलनमा उपस्थित नभएका प्रशिक्षका अबदुल्लाह अलमुताइरीले सामाजिक सञ्जालमा नै मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताएका छन्। स्वास्थ समस्याका कारण उपस्थित नभएको सहायक प्रशिक्षकले किरण श्रेष्ठले बताए। श्रेष्ठले अफ्रिकी देश भएकाले शारीरिक हिसाबमा बलियो हुने भन्दै टोली संयमित हुँदै खेल्ने बताएका छन्।

यस्तै‚ मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आफूभन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्। नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।

खेलका लागि एन्फाले एक तिहाई दर्शकलाई प्रवेश अनुमति दिँएको छ। जसमा स्वास्थ मापदण्ड कडाईका साथ लागू हुनेछन्। प्रवेशका लागि दर्शकले अनिवार्य पूर्ण खोप लगाएको हुनु पर्नेछ भने रंगशालाको गेटमा नै एन्फाले एन्टिजेन परीक्षण गर्न जनाएको छ।

यस्तो छ नेपाली टिम

किरण चेम्जोङ, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदिप गुरुङ, सुमन लामा, ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.