|

पाल्पा : कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा बन्द भएको छ। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले माघ १४ देखि माघ २१ गतेसम्म अत्यावश्यक सेवाबाहेक बन्द रहने जानकारी दिए।

कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दा नागरिकता फाँटमा काम गर्ने तीन जनामा कोरोना पुष्टि भएको छ। अन्य केही कर्मचारीलाई समेत कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएको हुँदा कार्यालयका सेवा बन्द गर्नुपरेको प्रजिअ पन्तले बताए। कार्यालयमा शान्ति सुरक्षा, मुद्दा, विपद् तथा महामारीजन्य संकट व्यवस्थापनका अत्यावश्यक सेवा भने यथावत रहने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.