|
फाइल फोटो

काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। केहीबेर अघि सुरु भएको बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षालगायत आगामी आवधिक एवं स्थानीय तहको निर्वाचनबारे छलफल हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

निर्वाचन आयोगले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई ताकेता गर्दै आएको छ। नेपालको संविधानको धारा २२५ र स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन, २०७३ बाझिएपछि सत्ता गठबन्धनले कानुनविद्हरुसँग पनि परामर्श गर्दै आएको छ। संविधानसँग बाझिने ऐन अमान्य हुने भन्दै सोबमोजिम कानुन निर्माण गर्नुपर्नेमा गठबन्धनका दलहरुबीच छलफल हुँदै आएको छ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको बताइएको छ।

यसअघि हिजो शुक्रबार दिउँसो प्रधानमन्त्री देउवाले गठबन्धनका नेता प्रचण्ड र माधव नेपालसँग संयुक्त भेटवार्ता गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.