|

हेटौंडा : बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विजयी भएको छ।

सोमबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धन सहभागी नभएपछि दुवै समितिको सभापतिमा एमालेको उम्मेदवार बिजयी भएका हुन्। प्रदेशसभा अन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनोट गर्न निर्वाचन भएको थियो।

सो निर्वाचन प्रक्रियामा सत्तारूढ गठबन्धन सहभागी नै नभएपछि एमालेले दुवै समितिको सभापति पाएको छ। एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अगाडि बढाएको थियो।

एमालेको बहुमत रहेका कारण सत्तारूढ गठबन्धनले उम्मेदवार नै दर्ता नगराउनुका साथै निर्वाचन प्रक्रियामा समेत सहभागी भएन। अर्थ र शिक्षा समितिको बैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उम्मेदवारहरुलाई बिजयी घोषणा गरिएको थियो। उनीहरुलाइ प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले शपथ ग्रहण गराएका छन्।

वैशाखदेखि रिक्त रहेको अर्थ समितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन भएको हो। त्यस्तैगरी, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिएको छ। अर्थ समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै उक्त पद रिक्त रहेको थियो। शिक्षा समितिका सभापति घनश्याम दाहाल हालको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.