काठमाडाैं : शिक्षक अस्पताल चितवनमा बन्ने भएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका-१५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हाे।
शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल निर्माणको प्रस्ताव पेस गरेका थिए। शिक्षा मन्त्रालयले गठन गरेको बिमल शर्मा चालिसे संयोजकत्वको खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो।
२१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।