|

काठमाडौं :  नेपाली राष्ट्रिय फुटबल टिमले आज मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मौरिससविरुद्धको खेल ४ः४५ बजे सुरु हुनेछ।

घरेलु टोली नेपाल मौरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ। शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए।

यता, मौरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ। नेपाललाई हराएर मौरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। मौरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन्। मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन्।

अब्दुल्लाले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन्। किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनीष डाँगी र दर्शन गुरुङलाई राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.