|

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा बहुमत कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका छन्।

बैठकमा वडा न १ का अध्यक्ष शान्तकुमार यरीको विषयलाई लिएर विवाद हुँदा बैठक बहुमत सदस्यहरूले बैठक बहिष्कार गरेका हुन्।

सोमबार बसेको बनगाड कुपिण्डे नगरपालिकाको कार्यपालिका बैठक बहुमत सदस्यद्वारा बहिष्कार भएपछि कुनै कार्य सूचीमा प्रवेश नगरी अनिश्चित कालका लागि स्थगित भएको छ।

वडा नम्बर १ का अध्यक्ष यरीलाई कारबाही भएको जानकारी स्वरूप नगरप्रमुखले बैठकमा नबस्न आग्रह गरेपछि बहुमत सदस्यहरूले बैठक बहिष्कार गरेका ४ नम्बर वडाध्यक्ष मोमत रोकाले बताए।

अख्तियारमा वडाध्यक्षविरुद्ध मुद्दा परेपछि नगरप्रमुख गोविन्दकुमार पुनले काम नगर्न पत्र काटेका थिए।

मुद्दा पर्दैमा काम गर्न रोक लगाउन नपाइने भन्दै बहुमत सदस्यहरू मेयरका विरुद्ध एकजुट भएका छन्। मेयरले गल्ती स्वीकार नगरेसम्म बैठक बस्न नदिने सत्तापक्षीय गठबन्धनले जनाएको छ।

वडाध्यक्ष यरीप्रतिको राजनीतिक प्रतिशोध साँध्न मेयर पुनले काममा रोक लगाएको गठबन्धनको निष्कर्ष रहेको छ।

कार्यपालिका बैठक बस्न नसक्दा हिउँदे अधिवेशन समेत प्रभावित भएको छ।

विवादकै बीच ढिलो नगर सभा गरेको नगरपालिकाले पुनः विवाद उत्पन्न भएपछि हिउँदे अधिवेशन लगायत सबै कामकाज ठप्प रहेका छन्।

कार्यपालिका बैठक बस्न नसक्दा विकास निर्माण कार्यका धेरै दूरगामी असर पर्ने नगरपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.