|

काठमाडाैं : धितोपत्र कारोबार हुने साताको दाेस्राे दिन साेमबार दाेहाेराे अंकले ओरालाे लागेकाे सेयर बजार आज भने दोहोरो अंकले उकालो लागेको छ।

मंगलबार बजार १९.२९ अंकले बढेर नेप्से परिसूचक २ हजार ८९१.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ पनि ३.९८ अंकले बढेर ५४२.९० को विन्दुमा पुगेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। कारोबार रकम हिजोको तुलनामा बढेर आज साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। आज जलविद्युत समूह सर्वाधिक ३.२२ प्रतिशतले उकालो लागेको छ।

विकास बैंक समूह १.६१ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.२९ प्रतिशत, वित्त समूहमा १.४४ प्रतिशत, लगानी समूहमा ०.११ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७० प्रतिशत र अन्य समूहमा ०.०४ प्रतिशतले वृद्धि भएकाे छ।

आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.१८ प्रतिशतको गिरावट आएको छ। व्यापार समूह ०.१७ प्रतिशतले ओरालो लागेको यो दिन होटेल तथा पर्यटन समूहमा ०.०८ प्रतिशत र जीवन बीमा समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा किनबेच भएका छन्।

नेसनल हाइड्रोपावरको सर्वाधिक ३९ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख रुपैयाँ, अपी पावरको ३५ करोड ७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ३४ करोड रुपैयाँ, एचआइडिसिएलको ३० करोड ४ लाख रुपैयाँ, अरुण काबेली पावरको २३ करोड ९९ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको २० करोड ४ लाख रुपैयाँकाे काराेबार भएकाे छ।

यस्तै फरवार्ड माइक्रोफाइनान्सको १७ करोड ६७ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १२ करोड ७९ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। नेरुडे लघुवित्तको सेयरधनीहरूले आज धेरै गुमाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.