|

काठमाडौं : केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रित केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ।

बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो।

बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

सुरक्षा निकायहरूबाट आवश्यक पृष्ठपोषण लिएर अगाडि बढ्‍न पनि उनले उल्लेख गरे। उनले भने, ‘समय समयमा यो बैठक बसिरहन्छ। आज पनि समसामयिक सुरक्षास्थितिबारे छलफल भयो । अहिलेका हाम्रा सुरक्षा इस्युहरू के के हुन् र तिनलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल भयो। आजको बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना कसरी तयार गर्ने, जनशक्तिको व्यवस्थापन लगायतको विषयमा छलफल भयो।’

बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.