|

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन र माेवाइलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई आज पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा गौर नगरपालिका-१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७ का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेकाे त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएकाे छ।

हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो।

प्रहरीले साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ।

यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर ल्याएकाे अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ। पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएकाे छ।

बरामद गरिएकाे सुन र माेवाइलकाे मूल्य ९९ लाख २९ हजार ६९८ रहेकाे प्रहरीले जनाएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.