|

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने भन्दै रायमाझी आफूहरुले नै अग्रसर भएर महाभियोग लगाउनेबारे नसोचेको बताए।  

उनले भने, ‘सभामुख विधिसम्मत रुपमा चल्नुभएन। यदि कांग्रेसले महाभियोग लगायो भने हामी साथ दिन्छौं।’ हामी आफैंले महाभियोग लगाउनेबारे सोचेका छैनौं। महाभियोग लगाउन हामीसँग बहुमत पनि छैन।’ रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारे।

उनले भने,‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ। त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन। नेपाली जनताको समर्थन र सहारा चाहिएको छ। जनताको माहोल अहिले एमालेतिर छ। एमाले इतिहासमा चाहे त्यो राजा विरोधी आन्दोलन होस् वा पञ्चायत विरोधी, बहुदल ल्याउन होस् वा गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको पार्टी हो। शान्ति प्रक्रिया र संविधान निर्माणमा एमालेको महत्वपूर्ण भूमिका छ। नयाँ संविधान बनेपछि एमालेका अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विकास र समृद्धिका अभियान तीव्र रुपमा अघि बढाएको थियो।’

उनले एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बहुमत र शानदार विजयी हाँसिल गर्ने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.