|

काठमाडाैं : धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

आज नेप्से परिसूचक १४.६० अंकले घटेर दुई हजार ८७६.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२५ अंकले घटेर ५३९.६५ को विन्दुमा झरेकाे छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा रातो पोतिएको छ भने २ वटामा मात्रै हरियाली छाएको छ। आज जलविद्युत समूह ०.१९ प्रतिशतले र निर्जीवन बीमा समूह ०.०९ प्रतिशतले वृद्धि भएकाे छ। वित्त समूह सर्वाधिक १.३१ प्रतिशतले ओरालो लागेको छ।

होटेल तथा पर्यटन समूह १.२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०८ प्रतिशत, बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा १.०६ प्रतिशत, अन्य समूहमा ०.४१ प्रतिशत, लघुवित्त समूहमा ०.९८ प्रतिशत, जीवन बीमा समूहमा १.०६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५१ प्रतिशत र लगानी समूहमा ०.५९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँमा किनबेच भएका छन्।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ८२ करोड ७० लाख रुपैयाँ बढीकाे कारोबार भएको छ। अपी पावरको ५२ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको आज शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २४ करोड ८१ लाख रुपैयाँ, एचआइडिसिएलको २४ करोड ३७ लाख रुपैयाँकाे काराेबार भएकाे छ।

यस्तै अरुण काबेली पावरको २३ करोड ९८ लाख रुपैयाँ, अप्पर तामाकोशीको २३ करोड ८३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ८१ लाख रुपैयाँ, निफ्राको १८ करोड ४८ लाख रुपैयाँ र सिनर्जी पावरको १७ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज दुई वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

बिहीबार आरएमडी लघुवित्त र पोखरा फाइनान्सका सेयरधनीहरूले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्य ३ प्रतिशत बढीले ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.