इलेक्ट्रिक क्याबिनेट बक्सले सर्वसाधरण हैरान‚ सार्ने प्राधिकरणको तयारी

|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत गर्दा फुटपाथ छेक्ने गरी राखिएको इलेक्ट्रिक क्याबिनेट बक्सले सर्वसाधरण हैरान भएका छन्।

सडक विस्तार गर्दा साँघुरिएको फुटपाथमा नै बक्स राख्दा पैदल यात्रीलाई आवतजावत गर्दा समस्या भएको छ। बक्सका कारण फुटपाथमा एकजनाबाहेक हिँड्न मुस्किल पर्छ। एकभन्दा बढी भए सडकमा नै जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ।

काठमाडौंको अनामनगर, महाराजगञ्ज, रत्नपार्क‚ चाबहिललगायत क्षेत्रमा राखिएको क्याबिनेट बक्सले पैदल यात्रीलाई समस्या भएको छ। ​सर्वसाधरणबाट यस्तो गुनासो आएपछि बक्स हटाउन तयारी गरेको प्राधिकरणका सूचना अधिकारी  सुरेशबहादुर भट्टराईले बताए। उनले वैकल्पिक ठाउँ खोजेर बक्स सार्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताए।

‘पहिला राख्ने ठाउँ नभएकाले राखिएको थियो,’ उनले भने‚ ‘तर त्यसले पुरै फुटपाथ नै बन्द भएपछि हटाउन लागेका हौँ।’

२०७६ फागुनदेखि बिजुलीको तार भूमिगत गर्ने काम सुरु भएको थियो। काठमाडौं उपत्यकाको सकेर भरतपुर, पोखरा लगायत ठाउँमा काम थाल्ने प्राधिकरणको योजना छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.