|

डडेल्धुरा :  डडेल्धुरासहित सुदूर पहाडका अधिका‌ंश जिल्लामा हिमपात भएको छ। बिहीबार साँझदेखि पहाडी सातवटा जिल्लाका हिमाली र पहाडी क्षेत्रमा हिमपात भइरहेको हो।

डडेलधुराकाे उच्च लेकाली भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात भएको छ। लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको हो। बाक्लो परेको हिमपातमा यहाँका स्थानीयवासी रमाउन थालेका छन्।

हिउँसँग खेल्नेको भीडले डाँडाकाँडा भरिभराउ देखिन्छन्। तराइका जिल्लाबाट हिउँमा रमाउन पहाड चढ्‍नेकाे घुइँचाे लागेकाे छ। गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले पुनः चिसो बढेको छ। हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउनेको ताँती छ। हिमपातले जनजीवन कष्टकर भएपनि कृषक भने हर्षित छन्। हिउँका कारण खेतीपाती राम्रो हुने भएपछि कृषक हर्षित बनेका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.