|

काठमाडाैं : साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएकाे छ। आज बजार ४०.५७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार ८३६.१७ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले घटेर ५३१.९२ को विन्दुमा झरेकाे छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज जीवन बीमा समूह ३.५७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.४१ प्रतिशतले घटेको छने बैंकिङ समूहमा १.०४ प्रतिशत, व्यापार समूहमा १.६६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५९ प्रतिशतले गिरावट आएकाे छ।

यस्तै विकास बैंक समूहमा १.९६ प्रतिशत, जलविद्युत समूहमा १.१३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८२ प्रतिशत, अन्य समूहमा १.६८ प्रतिशत, लघुवित्त समूहमा १.४८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३७ प्रतिशत र लगानी समूहमा १.३१ प्रतिशतले गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा किनेबच भएका छन्।

अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५४ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ४२ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

यस्तै अपी पावरको २५ करोड ९५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २४ करोड ११ लाख रुपैयाँ, अप्पर तामाकोशीको २२ करोड ३८ लाख रुपैयाँ, एचआइडिसिएलको २० करोड ४७ लाख रुपैयाँ, सिनर्जी पावरको १५ करोड २३ लाख रुपैयाँ, अरुण काबेली पावरको १४ करोड ४३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १४ करोड ९ लाख रुपैयाँ र नेपाल टेलिकमको १३ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने धेरै गुमाउने

आज नेसनल हाइड्रो डेभलपर्सका सेयरधनीहरूले धेरै कमाए। यो कम्पनीको सेयरमूल्य आठ प्रतिशत उकालो लागेको छ। यस्तै विन नेपाल लघुवित्तका सेयरधनीहरूले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.