|

हेटौंडा : लुम्बीनी प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रबीच सार्वजनिक–निजी कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्का र केन्द्रका सभापति अरुणराज सुमार्गीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

त्यस्तैगरी समझदारी पत्रमा प्रदेश सरकारका तर्फबाट प्रदेश योजना आयोगका उपाध्यक्ष र महासंघ लुम्बीनी प्रदेश अध्यक्ष कृष्ण शर्माले पनि हस्ताक्षर गरेका छन्।

प्रदेश सरकारको वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गर्न सकिने आर्थिक तथा औद्योगिक विकासका कार्यक्रमहरू प्रदेश सरकार र केन्द्रबीच बहुवर्षीय साझेदारीमा गर्नेगरी समझदारी भएको पत्रमा उल्लेख छ।

सार्वजनिक–निजी साझेदारी कार्यक्रमहरू कार्यान्वयन निर्देशिका तयार गरी कार्यक्रम कार्यान्वयन गरिने सम्झौता भएको केन्द्रका सभापति सुमार्गीले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.