काठमाडौं : नेपालमा गएको २४ घण्टामा झण्डै २ हजार जना कोरोना संक्रमित थपिएका छन्।
१२ हजार ६ सय ९२ जनाको स्वाब नमुना परीक्षण गर्दा १ हजार ९ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यो अवधिमा ११ जनाको मृत्यु भएको छ।
५ हजार १ सय ३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घटेको छ।
मन्त्रालयका अनुसार हाल मुलुकभर ३६ हजार १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ३४ हजार ९ सय ८३ जना होम आइसोलेसनमा छन् भने ११ सय ९८ जना संस्थागत आइसोलेसनमा छन्।
२५६ जना आइसियु र ३८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको विवरण छ। गएको २४ घण्टामा २ लाख ७३ हजार ३ सय ४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।