|

काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ।

बिहीबार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ।

आज कारोबारमा आएका २२७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ।

बुधबार ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी  १.५७ प्रतिशत बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक ०.५४ प्रतिशत बढेको छ। बाँकी उपसूचकको सूचकमा गिरावट आएको छ।

बिहीबारको कारोबारमा नेप्से परिसूचकमा गिरावट आए पनि  एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ५.३३ प्रतिशत बढेको छ। त्यस्तै, नबिल इक्विटी फण्ड, सिन्धु विकास बैंक, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर मूल्य बढेको छ भने मिथिला लघुवित्त, नेरुडे लघुवित्त, नेपाल फाइनान्सको शेयर मूल्य घटेको छ।

बिहीबार कारोबार रकमका आधारमा २५ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। नेशनल हाइड्रोपावरको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.