|

मिशिगन : अमेरिकी अधिकारीले शक्ति प्रयोग गरेर भए पनि क्यानडामा भइरहेको ट्रकचालकको आन्दोलन टुंग्याउन आह्वान गरेका छन्।   

कार निर्माता र स्थानीय अधिकारीले क्यानडा र अमेरिकाबीचको 'एम्बेसडर ब्रिज'मा उक्त नाकाबन्दी टुंग्याउन निषेधाज्ञाको माग गरेका छन्।

ओन्टारियोको एक अदालतले प्रदर्शनकारीलाई अनलाइन चन्दा लिने रोक लगाएको छ।

उत्पीडन गरेको भन्दै गोफन्डमी बन्द गरिदिएपछि ट्रकचालकले अनलाइन प्लाटफर्म गिभसेन्डगोमार्फत ८ मिलियन अमेरिकी डलर सहयोग संकलन गरेका छन्।

ओन्टारियोका मुख्यमन्त्री डग फोर्डको कार्यालयले विज्ञप्ति जारी गर्दै यस्ता सहयोग नदिन आग्रह गरेको छ।

बिहीबार अमेरिकाका गृहमन्त्रालय र यातायात मन्त्रीहरूले क्यानडाली समकक्षीहरूलाई आग्रह गर्दै भने‚ 'संयुक्त सीमामा उत्पन्न अवस्थाको समाधान गर्न संघीय शक्ति प्रयोग गर।'

यसमा अमेरिकी गृह र यातायात मन्त्रालयहरूको पूर्ण समर्थन रहने पनि उनीहरूले स्पष्ट पारे। 'हामी मुख्यतया एम्बेसडर ब्रिज र प्रवेशका अन्य बन्दरगाहमा अवरोध समाधान गर्नमा केन्द्रित छौं', ह्वाइट हाउसका एक अधिकारीले भने।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई क्यानडामा भइरहेको विरोधबारे नियमित सूचना दिइएको बताइएको छ। यो प्रदर्शनले अमेरिका र क्यानडाबीचको व्यापार प्रभावित भएको छ।

-एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.