|

काठमाडौं : कोरोनाका कारण प्रदर्शन हुँदाहुँदै रोकिएको नेपाली फिल्म 'चपली हाइट ३' को ग्राण्ड प्रिमियर गरिएको छ।

आइतबारदेखि पुनः प्रदर्शन हुँदै गरेको फिल्मको शनिबार ग्राण्ड प्रिमियर गरिएको हो। 

शनिबार राजधानीको क्युज सिनेमाजमा गरिएको ग्राण्ड प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्देशक प्रदीप भट्टराई, अभिनेत्री उषा रजक लगायतको उपस्थिति रहेको थियो। 

फिल्म हेरेर निर्देशक भट्टराईले 'चपली हाइट ३' लाई सकारात्मक प्रतिक्रिया दिएका छन्। त्यस्तै गायिका सुवानी मोक्तान, गायक प्रताप दास, अभिनेता भोलाराज सापकोटाले पनि फिल्म राम्रो बनेको भन्दै दर्शकलाई एक पटक हेर्न सुझाव दिएका छन्। 

फिल्मका निर्माता अर्जुन कुमारले 'चपली हाइट ३' ले दोस्रो मौका पाएको र अब राम्रो हुने अपेक्षा रहेको बताएका छन्। साथै फिल्मले यति धेरै कुरा भोग्नुपर्ला भनेर पहिले नलागेको पनि उनले बताएका छन्। 

२०७६ चैतमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म कोरोनाका कारण रोकिएको थियो।

त्यसपछि पनि तीनपटक प्रदर्शन मिति सारेर पुस ३० देखि फिल्म प्रदर्शनमा आएको थियो तर फिल्म प्रदर्शनमा आएको तीन दिनपछि सरकारले कोरोना संक्रमण दर बढेको भन्दै फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.