|

रेलिगेशन जोनमा रहेको नर्विच सिटीमाथि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ४-० को सहज जित हात पारेको छ।

सिटीको सहज जितमा रहिम स्ट्रलिङले ह्याट्रिक पूरा गरेका थिए। जितसँगै शीर्ष स्थानको सिटीले दोस्रो स्थानको लिभरपुलसँग पुनः १२ अंकको अग्रता लिन सफल भएको छ।

शनिबार राति भएको खेलमा इंग्लिस फर्वाड रहिमले ३० औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप प्रभावशाली प्रदर्शन गर्‍यो। ४८ औं मिनेटमा फिल फोडेनको गोलमार्फत टिमले अग्रता दोब्बर बनायो।

त्यसपछि ७० औं मिनेटमा रहिमले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। २१ वर्षीय रहिमले ९० औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए।

जितसँगै सिटीले २५ खेलमा ६३ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको ५१ अंक रहेको छ। नर्विच १७ अंक जोडेर १८ औं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.