|

काठमाडाैं : साताकाे पहिलाे दिन सेयर बजारमा पहिरो गएको छ। बजार आज १००.६७ अंकले ओरालो लागेर नेप्से परिसूचक २७ सयकाे विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १५.६२ अंकले घटेर ५११.६६ को विन्दुमा झरेकाे आज कारोबार रकम करिब ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। बैंकहरूले व्याजदर बढाउँदा त्यसकाे असर सेयर बजारमा परेकाे बजारका जानकारहरूले बताएका छन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज जलविद्युत समूह सर्वाधिक ५.४७ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ५.०३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.३९ प्रतिशत, व्यापार समूहमा २.२६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४९ प्रतिशत, विकास बैंक समूहमा ४.२३ प्रतिशतले गिरावट आएकाे छ।

यस्तै वित्त समूहमा ४.६५ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.२७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.६१ प्रतिशत, अन्य समूहमा ३.१७ प्रतिशत, लघुवित्त समूहमा ३.४९ प्रतिशत, जीवन बीमा समूहमा ३.९१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.९५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँमा किनबेच भएका छन्।

आज अप्पर तामाकोशीको सर्वाधिक ३२ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २८ करोड ३९ लाख रुपैयाँबराबरको कारोबारको भएको आज निफ्राको २५ करोड ३२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २५ करोड २७ लाख रुपैयाँकाे काराेबार भएकाे छ। 

यस्तै अपी पावरको २१ करोड ४७ लाख रुपैयाँ, नेपाल टेलिकमको १८ करोड ७७ लाख रुपैयाँ, एचआइडिसीएलको १६ करोड ८८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ४६ लाख रुपैयाँ, एचआईसी एसिया बैंकको १४ करोड ४३ लाख रुपैयाँ र एचआइडिसीएलको १३ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज अप्पर तामाकोशी र नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरूले धेरै गुमाए। यी दुवैको सेयरमूल्य ८ प्रतिशत बढीले ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.