|

काठमाडाैं : आइतबार एक सय अंकले घटेकाे सेयर बजारमा सोमबार भने झिनो सुधार आएकाे छ।

बजार आज ०.०८ अंकले उकालो लागेर नेप्से परिसूचक २७ सय दशमलव ९८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स आज०.३६ अंकले घटेर ५११.३० को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये सात वटामा हरियाली छाएको छ भने तीन वटामा रातो पोतिएको छ। एउटा समूह भने स्थिर रहेकाे छ। आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६१ प्रतिशतले उकालो लागेको छ भने विकास बैंक तथा जीवन बीमा समूह समान ०.३५ प्रतिशतले बढेको छ।

यस्तै वित्त समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.१७ प्रतिशत र लघुवित्त समूहमा ०.२६ प्रतिशतले वृद्धि भएकाे छ। आज व्यापार समूह सर्वाधिक १.३४ प्रतिशतले ओरालो लागेको छ।

यस्तै उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२६ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.१२ प्रतिशतको गिरावट आएको छ। आज लगानी समूह स्थिर रहेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ५४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेपाल टेलिकमको १७ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १५ करोड २३ लाख रुपैयाँ, अपी पावरको ११ करोड ५८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ४८ लाख रुपैयाँमा काराेबार भएकाे छ।

यस्तै निफ्राको ११ करोड १० लाख रुपैयाँ, एचइडिसिएलको १० करोड ५१ लाख रुपैयाँ, अप्पर तामाकोशीको ९ करोड ३३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३७ लाख रुपैयाँ र नबिल बैंकको ७ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरूले धेरै कमाए। यो कम्पनीको सेयरमूल्य ८ प्रतिशतले उकालो लागेको छ। यस्तै मैलुङ खोला जलविद्युतका सेयरधनीहरूले धेरै गुमाए। यो कमपनीको सेयरमूल्य चार प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.