हेटौंडा : बिन्दाबासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ हेटौंडाले वार्षिकोत्सवमा अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्।
रेडियोले स्थापनाको १४ वर्ष पूरा गरी १५औँ वर्षमा प्रवेश गरेको अवसरमा आइतबारबाट सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ। सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन सोमबार आयोजित बृहत रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका हुन्।
कार्यक्रमको तेस्रो दिन मंगलबार रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्नेछ। रेडियोको स्टेसन म्यानेजर मणिराज गौतमको अनुसार सप्ताहव्यापी कार्यक्रमको चौथो दिन फागुन ४ गते दूध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया हुनेछ। कार्यक्रममा प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईं, मन्त्रालयको सचिव,किसान तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहनेछ।
५ गते सडक दुर्घटना न्यूनीकरण नहुनुमा जिम्मेवारी कस्को भन्ने विषयमा माविस्तरीय वक्तृत्वकला कार्यक्रम हुने गौतमले बताए। त्यस्तैगरी, ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरिक्रिया हुनेछ भने अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने गौत्तमको भनाई छ।
कार्यक्रमको पहिलो दिन आइतबार पर्यावरण प्रवर्द्धनको लागि रेडियोले साइकल र्याली गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।