|

काठमाडौं : सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई पढाउने समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायत परीक्षाको तयारी नगर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार एक सूचना जारी गरि पठनपाठनमा असर पुगेको भन्दै शिक्षकलाई यस्तो निर्देशन दिएको हो।

‘सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, अनलाइन कोचिङ पढाउने गरेको गुनासो प्राप्त भएको छ,’ सूचनामा उल्लेख छ।

यी निर्देशनलाई बेवास्ता गरेको पाइए कानुनी कारबाही गरिने विकास केन्द्रले चेतावनी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.