|

रुकुम (पूर्व)  : जिल्लाको भूमे गाउँपालिका–४ कनालबगरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मंगलबार (हिजो) बेलुकी करिब ६ बजेको समयमा भूमेदेखि रुकुमकोटतर्फ आइरहेको ट्याक्टर दुर्घटना हुँदा एकको मुत्यु भएको छ भने ४ जना घाइते भएका हुन्।

भूमे–४ कनालबगरमा रा१च ३२४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिए।

रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचार सम्भव नभपछि थप उपचारको लागि दाङ रिफर गरिएको थियो। ट्याक्टर चालकसहित ४ जना ट्याक्टर सवार घाइते भएका हुन्। 

५ जना घाइतेमध्ये २ जना गम्भीर अवस्थाका रहेको र थप उपचारको लागि मंगलबार (हिजो) राति नै दाङ रिफर गरिएकोमा रोकाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। भूमे–८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको प्रहरी निरीक्षक बानियाँले बताए।

बाँकी तीन जनाको उपचार रुकुमपूर्व अस्पतालमै भइरहेको बानियाँले बताए। ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ। सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.