|

विराटनगर : सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक (ट्रायल) परीक्षामा सहभागी परीक्षार्थीले आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने भएका छन्। यातायात व्यवस्था सेवा कार्यालय, धनकुटा र उदयपुरले मंगलबार एक सूचना जारी गर्दै प्रयोगात्मक परीक्षामा परीक्षार्थीले आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने जानकारी गराएका हुन्।

सेवा कार्यालयले आगामी फागुन ५ गतेदेखि हुने परीक्षामा आफ्नै सवारीसाधन प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो। परीक्षार्थीको सवारीसाधन कानुनबमोजिम मान्यता पाएको हुनुपर्ने सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ, ‘परीक्षार्थीको ब्लु बुक नवीकरण भएको हुनुपर्ने, सवारीसाधनको तेस्रो पक्ष बीमा अनिवार्य गरेको हुनुपर्ने, ट्राइल दिन आउँदा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) भएको व्यक्तिसँग आएको हुनुपर्ने र सवारीसाधन सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ले निर्दिष्ट गरेको मापदण्डबमोजिम भएको हुनपर्ने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.