|

काठमाडौं : पूर्वउपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। पार्टी एकीकरणपछिको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्।

पार्टी एकीकरणअघि पनि थापा राप्रपा नेपालको अध्यक्ष थिए। आफ्नो नेतृत्वमा पुनः राप्रपा नेपाल पार्टी दर्ता गरेपछि थापाले आफ्नै घरमा फर्किएको प्रतिक्रिया दिएका थिए।

शनिवार बिहान साढे ११ बजे राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा सभा आयोजना गरिएको छ। राप्रपाले यअसघि राजतन्त्रसहितको हिन्दु राष्ट्रको एजेण्डा बोकेको थियो। तर‚ अब थापाले राजतन्त्र छोडेर हिन्दु राष्ट्रको मात्र एजेण्डा बोक्ने बताएका छन्।

यसैबीच अध्यक्ष थापाले एमसिसी प्रकरणमा नेपाल शक्ति राष्ट्रहरुको चेपुवामा परेको टिप्पणी गरेका छन्। उनले एमसिसी प्रकरणमा चीन र अमेरिकालाई चिढ्याउन नहुने भन्दै दुवै देशलाई विश्वासमा लिएर एमसिसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.