|

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी)का विषयमा धारणा बनाउन सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ।

एकीकृत समाजवादीको यही बैठक पर्खिन गठबन्धनमा आवद्ध दलहरूको बैठक आइतवारका लागि सारिएको छ। सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जति सक्दो छिटो एमसिसी संसदमा टेबल गर्न हतारिएको छ। नेकपा (माओवादी केन्द्र)ले एमसिसी टेबुल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले शनिवारको स्थायी कमिटी बैठकबाट निर्णय गर्ने जनाएको छ।

बैठक विहान ११ बजे बस्ने भनिए पनि स्थान टुंगो लागिनसकेको सचिव जीवनराम श्रेष्ठले बताए। उनका अनुसार बैठकमा देशभर भएको सांगठनिक गतिविधिको अवस्था र आगामी स्थानीयतहको निर्वाचनका विषयमा पनि छलफल हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.