|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज रेलिगेशनमा परेको छ। सोमबार भएको खेलमा ब्रिगेड सातदोबाटो युथ क्लबसँग ३-२ ले पराजित हुँदै बी डिभिजनमा झर्‍यो।

ब्रिगेड रेलिगेशनमा परेसँगै शहीद स्मारक ए डिभिजन लिगको विजेता र रेलिगेशनमा पर्नै दुवै टिमको टुंगो लागेको छ। लिगमा मच्छिन्द्र लगातार दोस्रो पटक च्याम्पियन बन्दा च्यासल युथ क्लब र ब्रिगेड बी डिभिजनमा घटुवा भए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ब्रिगेडका लागि जित्नैपर्ने खेलमा अग्रता भने १३ औं मिनेटमा सुशील राईको गोलमार्फत सातदोबाटोले लिएको थियो। १६ औं मिनेटमा ब्रिगेडका बर्टान्ड इवोडेले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। १८औं मिनेटमा दीपकराज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई पुनः २-१ मा पुर्‍याएका थिए।

प्रतिस्पर्धात्मक बनेको खेलको ५१औं मिनेटमा रोशन राना मगरले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए। तर ८७औं मिनेटमा निरज चौधरीले गोल गर्दै सातदोबाटोलाई ३-२ को महत्वपूर्ण जित दिलाए।

यो हारसँगै बिबिसीको १२ खेलबाट ७ अंक छ। बिबिसीको हारले फ्रेन्ड्स क्लबको पनि रेलिगेशन टरेको छ। बिबिसीलाई हराएको सातदोबाटो १२ खेलबाट १८ अंक जोडेर पाँचौं स्थानमा उक्लिन सफल भयो।

जारी सिजनमा खराब प्रदर्शन गरेको ब्रिगेड १ खेलमा मात्र जित निकाल्न सफल भयो। उसले ७ हार, ४ बराबरीको नतिजा निकाल्यो। पहिलो चरणमा एपिएफलाई हराउनु बिबिसीकोएकमात्र सफलता थियो।

२०६१ मा शीर्ष डिभिजन खेलेको ब्रिगेड यो सिजनसहित ७ सिजन शीर्ष डिभिजनमा रहन सफल भयो। ब्रिगेड तेस्रोपटक रेलिगेशनमा परेको हो। यसअघि २०६३ र २०६८ मा पनि ब्रिगेड रेलिगेशनमा परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.