युक्रेनमा रहेकामध्ये ३८ जनाभन्दा बढी नेपाली बर्लिनस्थित दूतावासको सम्पर्कमा

|
तस्वीर सौजन्य : परराष्ट्र मन्त्रालयको वेबसाइट

काठमाडौं : पछिल्लो समय रुस र युक्रेनबीच तनाव बढेपछि सरकारले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न नेपालीलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गरि दुई देशको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन अनुरोध गरेको हो।

मन्त्रालयले हालसम्म युक्रेन मामिलासमेत हेर्दै आएको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा ३८ जनाभन्दा बढी नेपाली सम्पर्कमा आएको र उनीहरू सबै जना सुरक्षित रहेको जनाएको छ। ‘युक्रेनमा रहनु भएका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गर्नु भई अति आवश्यक परि त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ, साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरिन्छ ’मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.