|

युक्रेनले युरोपेली संघ (ईयु)को सदस्य बनाउन अनुरोध गरेको छ। युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म ईयुको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। ‘अहिले हामी संकटपूर्ण अवस्थामा छौँ। यसबारे धेरै छलफल र बहस नगरौँ,’ उनले भने‚ ‘युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्।’ जेलेन्स्कीले सामाजिक सञ्जाल ट्विटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेबारी निर्वाह गर्न युक्रेन तयार छ।

यसैबीच युक्रेनविरुद्ध रूसको ‘आक्रामण’लाई ‘अत्यन्तै कडा शब्दमा’विरोध गर्दै रूसी फौज तुरुन्त फिर्ता लिनमा गगरिएको संकल्प प्रस्ताब संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन। रूसको आक्रमणको विरोध गरिएको उक्त प्रस्तावलाई रूसले भिटो लगाएका कारण विफल भएको हो। रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो।

रुसले युक्रेनमा गरेको आक्रमणमा परी तीन बालबाबालिकासहित १९८ जनाको मृत्यु भएको छ। युक्रेनको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार रुसले युक्रेनमाथि आक्रमण जारी राखेको आज तेस्रो दिन १९८ सर्वसाधरणको मृत्यु भएको हो।

युक्रेनमाथि रुसले निरन्तर आक्रमण जारी राखेपछि अमेरिका र बेलायसहित २८ वटा देशले युक्रेनमा मेडिकल सामग्री सहयोग गरेको छ। युक्रेन र रुसबीच लडाइँ सुरु भएपछि करिब १ लाख २० हजारभन्दा बढी नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। रुसले युक्रेनको राजधानी किभ नियन्त्रणका लागि अन्तिम लडाइँ जारी राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.