|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ। पाँच दलीय सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको भए पनि आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्ने एमाले संसदीय दलको उपनेता सुवास नेम्बाङले जानकारी दिए। 

उनले थाहाखबरसँग भने, ‘हामीले हाम्रो माग सम्बोधनका लागि कांग्रेससँग पनि कुरा गरेका हौँ। तर, त्यहाँ कुनै सहमति हुन सकेन। तर, उहाँहरूको एमसिसी पास गर्ने निर्णय गरेपनि हामी हाम्रो माग पूरा नभइएसम्म कुनै संसदीय प्रक्रियामा भाग लिँदैनौँ।’ सत्ता गठबन्धनले आफूहरूको संसदीय प्रक्रियामा सहभागी गराउन नचाहेको बताए। 

पाँच दलीय सत्ता गठबन्धनले आज अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित पास गर्ने निर्णय गरिसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाएर एमसिसीमा साथ दिनका लागि बिहिबार देखि एमाले अध्यक्ष केपी ओलीसँग चार चरण वार्ता गरेका थिए। तर, कुनै सहमति बन्न सकेको थिए। एमालेले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहित १४ सांसदमाथि कारबाही हुनुपर्ने अडानको साथ आन्दोलन गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.