|

काठमाडौं : नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भेटिएको नो एमसिसी लेखिएको शंकास्पद कुकरलाई बमको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाउन थालेको छ। 

संसद भवनको सिधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको  प्रेसर कुकर भेटिएपछि बमको आशंकामा सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो। 

अहिले त्यस क्षेत्रमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरीले सुरक्षा निगरानी बढाइएको छ। त्यस्तै यस क्षेत्रमा अहिले आवतजावत गर्न रोक लगाइएर सेनाले कुकरमा बम भए नभएको पहिचान गरि निस्क्रिय पार्नका लागि काम गरिरहेको छ।

संसदबाट आइतबार एमसिसी पास गरिएको विरोधमा विप्लवको नेकपासहित विभिन्न राजनीतिक दलहरूले आज नेपाल बन्दको आयोजना गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.