|

काठमाडौं :  सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ। विभिन्न राजनीतिक दल सहित जनप्रतिनिधिहरु निर्वाचनको तयारीमा जुटिरहेका छन्।  

कतिपय स्थानीय तहले जनप्रतिनिधि आएसँगै गाउँगाउँमा सिंहदरबार पुगेको महशुस गर्न पाएका छन्। भने, कतिपय पालिकाले बजेट समेत ल्याउन नसकेको अवस्था छ। 

काठमाडौ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले ५ वर्षे कार्यकाल कसरी बिताए। विकासका काम कसरी अगाडी बढेको छ। आएसँगै  चुनावी घोषणा पत्र अनुसार काम भयो त? सोहि विषयमा थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी : 

नगरपालिको  प्रमुखको रुपमा जिम्मेवारी सम्हालेको ५ वर्ष पुरा हुनै लाग्यो यसलाई समिक्षा कसरी गर्नुहुन्छ ? 

कागेश्वरी मनोहरा नगरपालिकाको पहिलो निर्वाचित जनप्रतिनिधिको रुपमा काम गरेको पनि ५ वर्ष पुग्नै लाग्यो। समग्रमा भन्नु पर्दा मेरो कार्यकालमा धेरै काम भएका छन्। मलाई मात्र भन्दा पनि जनताले देख्ने र महशुस गर्ने गरी काम भइरहेको छ। जसकारण मेरो कार्यकाल सफल भएको  महशुस गर्छु। 

नगर प्रमुख भएर आउँदा सडक पूर्वाधारको अवस्था ज्यादै नाजुक  थियो। सो समस्या समाधान गर्नका लागि पहिलो चरणमा सडक निर्माणको काम गर्याे। हाल नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने शाखा सडकहरूको ८० प्रतिशत निर्माण सम्पन्न  भइसकेको छ। 

त्यससँगै खानेपानी,शिक्षा,स्वास्थ्यका क्षेत्रमा काम गरिहेको छ। समग्रमा कागेश्वरी मनोहरा नगरपालिका स्वच्छ सफा मनोहरा बनाउन विकासका पहुँचमा पुर्याउनका लागि काम भइरहेको छ।  

चुनावी घोषणा पत्र अनुसार काम भयो त ?

चुनावमा जित्नका  लागि  लागि गर्नै नसकिने कामको जनतालाई आश्वासन देखाएको थिइन्।  नगरको विकास नै मेरो  प्राथमिकता  थियो ÷हो। चुनावमा जनाएको प्रतिवद्धता भन्दा धेरै काम भएको छ।  पूर्वाधारलाई स्थानीय सरकार जनताको घर दैलोमा पुगेको महशुस हुने गरी काम भइरहेको छ।

स्थानीय सरकार आएसँगै शिक्षा,स्वास्थ्य,पूर्वाधार,कानुन निर्माणमा उलेख्य काम भएको छ। नगर विकासका लागि ल्याएका योजनामा कुनै कञ्जुस्याई गरेको छैन।विकासका काम गर्नका लागि योजना कार्यक्रम मात्र ल्याएर अर्थात वडा कार्यालयलाई पैसा दिएर आनन्दले बसेको छैन। कार्यालय समय भन्दा अरु समय विकासका कामको अनुगमन गरिरहेको छु। 

समयमा अनुगमनका लागि  नगरको विकास,जनताको आवश्कता बुझ्नका लागि  महिनामा एक पटक ‘टोलटोलमा मेयर कार्याक्रम ’ मार्फत काम भइरहेको छ। साना बालबालिका देखि बृद्धबृद्धा सम्मको समस्या सुन्दै समाधान  गर्दै आएको छु। समग्रमा भन्नु पर्दा स्थानीय सरकारले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याएको छ।  जनप्रतिनिधि आउदा आफ्नो कार्यालय थिएन। हाल सवै वडाको आफ्नै भवन निर्माण भएको छ। 

प्रतिबद्धता भन्दा धेरै काम भएको छ। नगरपालिकाको क्षेत्राधिकार भित्रका सडक निर्माण ८० प्रतिशत काम भइसकेको छ। तर,मेरै दैलोको अर्थात नगरपालिका अगाडीको मुख्य सडक भने निर्माण हुन सकेको छैन। सो सडक संघीय सरकारले निमार्ण गर्न हो। 

सडक निर्माणमा धेरै काम भएको बताउनु हुन्छ तर आफ्नै घर दैलोको सडक निर्माण नहुँदा असक्षमको आरोप छ नी ? 

चावहिल साँखु १२ किलोमिटर सडकखण्ड अन्तर्गतको थलि क्षेत्रमा सडक निर्माणको काम हुन सकेको छैन। स्थानीय सरकार आउनु भन्दा अगाडिदेखि नै निर्माण ठेक्का लागेको सो सडक जनप्रतिनिधिको कार्यकाल सकिँदा पनि बन्न सकेको छैन। मेयरले काम गरेन भन्ने आरोप लाग्छ। तर ,सो सडक निर्माणको जिम्मेवारी स्थानीय सरकारलाई छैन।

पालिकाको कार्यक्षेत्र भित्र पर्ने अधिकांश सडक  कालोपत्रे ढलान गर्ने काम भइसकेको छ। कागेश्वरी नगरपालिका भित्र ८ सय ३३ वटा शाखा सडक रहेका छन्। ती मध्ये ८० प्रतिशत सडक निर्माण भइसकेको छ। 

मुख्य सडक निर्माणका लागि जनप्रतिनिधिबाट पहल नभएको होइन। ठेकदार कम्पनीसँग पटकपटक छलफल गर्याे। तर,हालसम्म निर्माण भएको छैन। सडक विस्तारका विषयमा सर्वाेच्चमा स्थानीयको मुद्धा छ। उपलब्ध भएको जग्गामा कालोपत्रे गर्नू भन्ने आदेश दिएको छ। तर,ठेकदार व्यवसायीले काम गरेको छैन। निर्माण क्षेत्रमा कोरोनाको प्रभाव देखिएको भन्दै  ठेकेदारको म्याद चैत मसान्तसम्म लम्याएको थियो। ठेकेदार व्यवसायी समयमै काम नगर्दा समस्या भएको हो। यहि गतिमा काम गर्ने हो भने चैतमा समपन्न हुने अवस्था छैन। तथापी व्यवसायीले कामको गति बढाउन जरुरी छ। 

स्वास्थ्य क्षेत्र सुधार्न कसरी काम गर्नू भयो?

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) नेपाल पनि अछुतो रहन सकेन।  प्राइभेट तथा सरकारी कुनै पन अस्पताल नभएको पालिका हो कागेश्वरी । बाग्मती प्रदेशमा सबैभन्दा पहिला कोभिड देखिएको नगरपालिका कागेश्वरी नै हो।  

एकातिर अस्पताल अभाव त अर्कातिर कोभिडले संक्रमण गरिरहेको थियो। नगरवासीलाई सेवा दिने उदेश्यले कोभिड सुरु भएदेखि प्राथमिक सेवा दिइरहेको  कागेश्वरी स्वाथ्य केन्द्रलाई हाल नगर हस्पिटल बनाइ सेवा दिइरहेका छौ।  कोभिडको समयमा ठुलो राहत भयो। कोभिडमा क्वारेनटाइन राख्यो,खेप लगाइरहेका छौ।

२०७७ वैशाखदेखि पीसिआर परिक्षण सुरु गर्याे। हाल एन्टिजेन परिक्षण गरिरहेको छ। अहिले सम्पूर्ण सेवा मूलपानी नगर अस्पतालबाट दिन थालिएको छ। अन्य स्वास्थ्य केन्द्रलाई पनि व्यवस्थित गरिएको छ। 

काेराेनाले थला परेको शैक्षिक क्षेत्र सुधार्न कस्ता योजना ल्याइयो? 

करिब दुई वर्षदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसले शिक्षा क्षेत्रमा ठुलो क्षति पुग्यो।  जसबाट विद्यार्थीलाई ठुलो असर पर्न गयो । सो समयमा पनि अनलाइन पठनपाठन गर्ने व्यवस्था मिलाइयो। भने,केहि विद्यालयलाई आलोपालो प्रणालीबाट पठनपाठन गर्ने व्यवस्था मिलाएको थियौ।

कागेश्वरी मनोहरा नगरपालिका भित्र ८९ स्कुल १६ सामुदायीक ७१ संस्थागत विद्यालय रहेका छन्।  हाल पालिकाले सामुदायीक विद्यालयलाई दिवा खाजा बस भौतिक पूर्वाधार निर्माण गरिरहेको छ। 

देशभर चुनावी माहोल चलिरहेको छ। फेरि मेयरको कुर्सीमा फर्कने सोच्नु भएको छ?

५ वर्षे कार्यकाल सकिनै लागेको छ। हालसम्म मेरो कामको निगरानी मुल्यांकन जनताले पाटीले गर्ने कुरा हो । यदि पाटीले टिकट दिएको खण्डमा र जनताले चाहेको खण्डमा  आउन सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.