|

काभ्रे :  महाशिवरात्रिका अवसरमा काभ्रेको बनेपास्थित धानेश्वर महादेव मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। हजारौ भक्तजनले धानेश्वर क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षा गरिरहेका छन्। 

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ। मन्दिर व्यवस्थापन समितिका अनुसार ३० हजार बढीले भक्तजनले धानेश्वर मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने अनुमान छ। धानेश्वरमा दर्शनको लागि आएका भक्तजनको सुविधाका लागि बिहानैदेखि मन्दिरका सबै ढोका खुला गरिएसँगै प्रहरी, सावरी पार्किङ क्षेत्रसमेत छुट्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.